अधिकांश स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रबार) बजेट सार्वजनिक गर्दैछन्।
कतिपय स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाँउ नगर सभामा पेश गरिसकेका छन्।
धेरैजसो स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गर्दैछन्।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार संचालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ।
स्थानीय तहले नीति कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र बिनियोजन बिधेयकसमेत सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





