सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।
उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मूल्य घटाइएको बारे जानकारी दिइएको हो।
पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको हो। अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाइएको छ।
मन्त्री बडुले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए। सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





