पोखरा । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) कास्कीले युवा उद्यमी जन्माउन पोखरा महानगरपालिकालाई सघाउने भएको छ ।
युवा उद्यमीहरुको छाता संस्था एनवाईईएफले युवाहरुलाई स्वरोजगार बनाउँदै रोजगारीको सिर्जना गर्नका लागि युवा उद्यमी जन्माउन पोखरा महानगरपालिकालाई सघाउने वचन दिएको हो ।
एनवाईईएफको हालै भएको मासिक भेला, अन्र्तक्रिया र समाज (मन्थ्ली ग्यादरिङ, ईन्टर्याक्सन एण्ड सोसल) कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्दै आफूहरुले युवा उद्यमी जन्माउन प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको एनवाईईएफ कास्कीका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।
त्यसका लागि महानगरको पनि साथ, सहयोग आवश्यक रहेको कुरा मेयर आचार्यलाई गराइएको उनले बताए । मञ्चले नवनिर्वाचित मेयर आचार्यसंग यूवा उद्यमीहरुको समस्या र समाधानबारे मेयरको योजना, एनवाईईएफको भूमिका लगायतका बारेमा गम्भीर छलफल भएको थियो ।
एनवाईईएफले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउनुपर्नेमा पनि जोड दिएको छ । मेयर आचार्यलाई फाष्ट ट्रयाकबाट विमानस्थल सञ्चालन गर्नका लागि पहलकदमी लिनका लागि आग्रह गरेको अध्यक्ष मल्लले जानकारी दिए ।
त्यस्तै, पोखराका सबै ठाउँबाट पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलसम्म पर्यटकलाई कसरी बिना झञ्झट चाँडो पु¥याउनका लागि आवश्यक पर्ने बाटो निर्माणका लागिपनि एनवाईईएफले ध्यानाकर्षण गराएको उनले बताए । उनका अनुसार पोखरा भित्रिने नाकाहरुको सौन्दर्यकरण गर्नलाईपनि मेयर जिसीलाई आग्रह गरिएको छ ।
कार्यक्रममा एनवाईईएफका नयाँ सदस्यहरुलाई स्वागतसमेत गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







