पराजुली दम्पत्तिद्वारा २५ औ वैवाहिक वर्षगाँठका अवसरमा विद्यालयमा अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराका पर्यटन व्यवसायी भरतराज पराजुली र जमुना पहारी पराजुली दम्पत्तिले एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

पराजुली दाम्पत्तिले २५ औ वैवाहिक वर्षगाँठका अवसर पारेर पोखरा वडा नं.६ स्थित तालवाराही माध्यमिक विद्यालयमा रु. ५१ हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

विभिन्न बहानामा फजुल खर्च गर्ने परिपाटीलाई चिर्दै सोहि खर्च समाजसेवामा लगानी गर्नुपर्छ भन्ने सन्देश दिनको लागि उक्त अक्षयकोष खडा गरेको पर्यटन व्यवसायी पराजुली बताए ।

आफुले एस.एल.सी.सम्म अध्ययन गरेको विद्यालयमा खडा गरेको अक्षयकोषबाट प्राप्त व्याजबाट सोहि विद्यालयमा अध्ययनरत गरिब,जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरि उनीहरुको शिक्षामा आर्थिक सहजता ल्याउन थोरै भए पनि सहयोग हुने बिश्वास लिएको पराजुलीले बताए ।

पराजुली नेपाल होटल संघका केन्द्रीय सदस्य, गण्डकी प्रदेश होटल संघका सल्लाहकार तथा होटल पिस प्लाजाका सञ्चालक हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।