गण्डकी प्रदेश सरकारसमक्ष यातायात व्यवसायीको माग


     एभरेस्ट आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित




यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले सवारी साधनमा करको दायरा बढाएको भन्दै गण्डकी प्रदेश सरकारसमक्ष माग राखेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेश कमिटिले प्रदेशको अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्का समक्ष माग राखेको हो।

नेपालको सार्वजनिक यातायातलाई चलायमान बनाउन उपयुक्त आयात नीति, संचालन विधि, समयानूकुल विधिको प्रयोग गरी यातायात क्षेत्रलाई मर्यादित तथा यात्रुमैत्री बनाउन प्रदेस सरकारसमक्ष यातायात व्यवसायीहरुको माग छ।

व्यवसायीहरुले सार्वजनिक यातायातमा बृद्धि गर्न लागेको करको सूचकहरुलाई परिमार्जन गर्न प्रदेशको अर्थमन्त्री बराल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री खड्काको ध्यानाकर्षण गराएका छन्।

प्रदेश सरकारको अपेक्षासहित बामे सर्ने प्रयासका रहेको यातायात क्षेत्रलाई प्रदेश सरकारले हचुवाको भरमा सम्बन्धित सरोकारवालाहरुसँगै कुनै छलफल नै नगरी कर निर्धारण गर्ने प्रयत्न गरेकोमा सिंगो यातायात क्षेत्र नै मर्माहत बनेको विज्ञप्तिमा जनाइएको छ।

‘एकातर्फ पेट्रोलियम पदार्थ लगायत मेसिनरी पार्ट्स पुर्जामा अत्यधिक मूल्य वृद्धि हुने, सडकको अवस्था जीर्ण बन्दै जाने, बैंकहरुले आफूखुसी ब्याज बढाउँदै जाने, प्रदेश सरकारले आफूखुशी करको दायरा निर्धारण गर्ने कार्यले यातायात व्यवसायीहरुको घरजग्गा लिलाम हुन गई व्यवसायीहरुको जीवन नै जोखिममा पर्न गएको छ,’ विज्ञप्तिमा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।