हिमालयन हाइड्रोपावर लिमिटेडले आज (असार १५ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले निष्कासन गर्ने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ। बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस आईपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा मागअनुसार आवेदन प्राप्त नभए असार २९ गतेसम्म आवेदन दिने समय थप गरिने बताइएको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





