पोखरा, असार १५
पोखरा–३ नदीपुरस्थित प्रतिभा माविका विद्यार्थीले धान रोपाईंको प्रत्यक्ष अनुभव गरेका छन् । सो विद्यालयका मन्टेश्वरीदेखि कक्षा ४ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले पोखरा–१४ चाउथेमा गरिएको धान रोपाईं स्थलमा पुगेर धान रोपाईंको प्रत्यक्ष अनुभव गरेका हुन् ।



‘मानो खाएर मुरी उब्जाउने’ दिन अर्थात धान दिवसको अवसर पारेर प्रतिभा माविले विद्यार्थीहरुलाई धान रोपाईंको प्रत्यक्ष अवलोकनका लागि चाउथेस्थित विद्यालयको आफ्नै जग्गामालगेको थियो । त्यहाँ विद्यार्थीले धान रोपाईंको अवलोकन गर्नुका साथै आफैपनि धान रोपेर धान रोपेको प्रत्यक्ष अनुभव गरेका थिए । ‘विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराउनु नै हाम्रो उद्देश्य हो’–शिक्षिका निर्मला सुवेदीले भनिन् ।
सो अवसरमा विद्यार्थीलाई दही चिउरापनि खुवाईएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






