पोखरा । कास्कीको रुपा गाउँपालिकामा बुधबार सामुहिक रोपाईं गरिएको छ । रुपा–४ खाल्टेमा चक्लाबन्दी गरिएको जग्गामा बुधबार सामुहिक धान रोपाईं गरिएको हो । त्यहाँ स–साना टुक्रा जग्गालाई चक्लाबन्दी गरिएको थियो ।
संघियतासँगै स्थानीय तह र प्रदेश सरकार मिलेर कृषिमा यान्त्रिकीकरणलाई बढावा दिने गरी जग्गा चक्लाबन्दी गरी सामुहिक खेती गर्ने कार्यक्रम ल्याएपछि उक्त ठाउँको ८५.५ रोपनी जमीनलाई चक्लाबन्दी गरिएको थियो । स्थानीय बुद्धिबहादुर गुरुङको नेतृत्वमा चक्लाबन्दी गरिएको जग्गामा बुधबार सामुहिक रोपाइँ गरिएको छ ।
पोल्याङटार टाकञ्जा कृषक समूहको आयोजना तथा सिद्ध एकीकृत कृषि तथा पशुपंक्षी फर्मको व्यवस्थापनमा भएको कार्यक्रममा पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकराीले धान रोपेर कार्यक्रम उद्घाटन गरे । उनले आफ्नो गाउँ आफै बनाउन कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । बजारबाट खाद्यान्न खरिद गरेर गाउँमा ल्याउन अब अन्त्य गर्नुपर्ने र गाउँबाट उत्पादित बस्तु बजार पु¥याउने गरी व्यावसायिक उत्पादनमा लाग्न किसानलाई आग्रह गरे ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जमीन चक्लाबन्दी गर्न गाउँपालिकाले सहयोग, समन्वय र सहजीकरण गरेको बताए । यो चक्लाबन्दी कास्की जिल्लाकै ठूलो भएको दाबी गर्दै ओझाले किसानलाई कृषि जन्य बस्तु उत्पादन गर्न र बजारको चिन्ता नलिन आग्रह गरे । उनले उत्पादित बस्तुको बिक्रीको जिम्मा गाउँपालिकाले लिने प्रतिवद्धता व्यक्त गरे । आगामी आर्थिक वर्षलाई रोजगार वर्षको रुपमा गाउँपालिकाले मनाउन लागेकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको भनाइ उनको छ ।
सिद्ध एकीकृत कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक बुद्धिबहादुर गुरुङले आफ्नो गाउँमा मेसिन प्रयोग गरेर खेती गर्ने सपना पूरा भएको बताए । ‘ यान्त्रिकीकरयण गरेर खेती गर्ने चाहना थियो, त्यो आज पूरा भएको छ,‘ लामो समय काठमाडौंमा व्यवसाय गरेका उनले भने,‘गाउँकै जग्गामा केही गरौं भनेर जग्गा चक्काबन्दी गरेर खेती गर्न सरु गरेको हो, यसले गरे हुन्छ भन्ने सन्देश दिएको छ ।’जमीन चक्लाबन्दी गर्न प्रदेशको भूमि तथा कृषि मन्त्रालयले २० लाख सहयोग गरेको छ ।
गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा पोल्याङटार टाकञ्जा कृषक समूहका अध्यक्ष शिवप्रसाद ओझा र अजय खनालले जग्गाको बारेमा बोलेका थिए । कार्यक्रममा रोपाइँसँगै पुरुष र महिलाको हिले दौड आयोजना गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, वडाध्यक्षहरु लगायत स्थानीय किसानहरुको सहभागिता रहेको थियो । चक्लाबनदी गरिएको जग्गा ११ जनाको रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







