मन्त्री बराल माओबादी केन्द्रको केन्द्रीय सदस्य


     एभरेस्ट आवाज    
     असार २० गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल ‘जीवन’ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिमा बराललाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए। मन्त्री बराल यसअघि गण्डकी प्रदेशको पार्टी सदस्य बनेका थिए।

त्यसैगरी, बैठकले आसमान रोका, तेजकुमारी पौडेललाई समेत केन्द्रीय सदस्यमा मनोनयन गरेको श्रोतको भनाई छ। मनोनित भएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए। काठमाण्डौंमा सोमबारदेखि सुरु भएको बैठक असार २१ गतेसम्म चल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।