काठमाण्डौं । नेपाल आयल निगमले सोमबार मध्यरातबाट लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पट्रोलमा २ रुपैयाँ, मट्टीतेल र डिजेलमा ९–९ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।
यस्तै हवाई इन्धन आन्तरिक तर्फ ५ रुपैयाँ वृद्धि हुदा खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको विज्ञप्तीमा जनाइएको छ
बढेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १८१, मट्टीतेल र डिजेल १७२ र हवाई इन्धनको मूल्य १९० रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।
यस्तै खाना पकाउने ग्यासको मूल्य भने १ हजार ८ सय रुपैयाँ नै कायम गरिएको विज्ञप्तीमा उल्लेख छ ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको हो।
यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







