बागलुङमा ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पाल्पाको मदनपोखरा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीको मुसिकोट नगरपालिका–५ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका–७ का २५ वर्षीय शोसन चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीले ९०५ एम्पुल फेनारगन, डाइजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ गरि २ हजार ७४६ एम्पुल लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बुटवलदेखि बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसमा लागुऔषध ओसारपसार भएको सूचना पाएपछि प्रहरीले बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







