सांकेतिक तस्बीर
तनहुँ प्रहरीले १ लाख ८० हजार ४ सय ३० रुपियाँ नगद सहित १३ जुवाडे पक्राउ गरेको छ। उनीहरूलाई सोमबार रातीे पक्राउ गरेको हो।
आबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्रकुमार श्रेष्ठको बन्दै गरेको नयाँ घरको भुई तल्लामा कौडा खेलिरहेको अवस्थामा उक्त संख्याको जुवाडे पक्राउ गरिएको र सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको संयुक्त प्रहरी टोली पक्राउ गरेको हो। १६ थान कौडासहित नियन्त्रणमा लिई मंगलबार तनहुँ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







