मातापिताको नाममा विनियोजित बजेट फिर्ता गर्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा


     एभरेस्ट आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्ना बुबा–आमाको ट्रष्टमा आएको विवादित बजेट फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भनि माग राखेका छन्।

उनले आफ्नो बुबा–आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुसार कार्य गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन्।

उनले आफूलाई जनताको पक्षमा काम गर्ने काँग्रेसको सीपाहीका रुपमा उल्लेख गरेका छन्।

समाजिक संजालमा एकाएक आएका टिप्पणीले आफूलाई गंभीर बनाएको भन्दै समाजका असहाय र ज्येष्ठ नागरिककको हितका लागि बजेट पारेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले उल्लेखित बजेट आगामी वर्षबाट हटाइदिन गण्डकी प्रदेश अर्थ मन्त्रीसँग आग्रह समेत गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।