हतियार किन्ने सरकारको निर्णयको विरोध


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित




प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताए।

उनले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाए।

हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उनले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क राखे।

सरकारले ११ सय ५० थान सर्टगन, १ हजार थान पेस्तोल र २५ सय थान सेल लगायतका हतियार र सेलहरू खरिद गर्ने तयारी गरेपछि एमालेले बिरोध जनाएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।