आज अषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा। आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ।
यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ। आजको दिनलाई व्यास जयन्ती, कबीर जयन्ती पनि भनिन्छ। पूर्वीय दर्शन अर्थात हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम छ। ‘गु’ को अर्थ हो, ‘अन्धकार’ एवं ‘रु’ को अर्थ हो, ‘प्रकाश’।
‘गिरति अज्ञानं इति गुरूः’
अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोलि बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी…






