हिमालयन हाइड्रोपावरकोले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ।
कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो।
कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलप्रथाबाट बाँडफाँट गर्दा स्वीकृत आवेदकमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको बिक्रि प्रबन्धकले जनाएको छ। यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ कित्ता सेयर सोहीमध्ये १० कित्ताभन्दा बढीको लागि आवेदन दिने २ जनाले २ आवेदकले थप एक कित्ताका दरले गरी ११ कित्ता प्राप्त गरेको छन्।
उक्त आइपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकले आवेदन दिएका थिए। जसमा १ हजार ६११ आवेदन रद्द भएर १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोल आइएमई क्यापीटलले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





