सुनचाँदीको मूल्यमा गिरावट


     एभरेस्ट आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित




काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेर रु. ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९४ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु. एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।