काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।८९ अङ्कले उकालो लागेर दुई हजार ५०।५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९७ अङ्कले उकालो लागेर ३९२।५० मा पुगेको छ । कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैँकिङ ०।६२, व्यापार १२।१७, होटल तथा पर्यटन ९।७५, जलविद्युत् १२।६२ र जीवन बीमा २८।२२ अङ्कले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक ५।३५, वित्त ३१।३६, निर्जीबन बीमा ५६।१९, उत्पादन ६३।४२, अन्य १७।२३, लघुवित्त ७।९९, सामूहिक लगानी कोष ०।०२ र लगानी ०।४८ अङ्कले उकालो लाग्यो ।
आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २८ अर्ब ३४ करोड ३६ लाख ५१ हजार ८८३ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४२ लाख ५९ हजार ९१७ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु सात करोड ३१ लाख ३६ हजार, आइसिएफसी फाइनान्स रु पाँच करोड ३१ लाख दुई हजार ८२७, गुर्खाज फाइनान्स रु पाँच करोड २२ लाख २९ हजार ७७१ र नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड दुई लाख २० हजार ९३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स ५।६९, कर्णाली डेभलपमेन्ट बैंक ४।३५, शिवम् सिमेन्ट ३।८७, नेपाल इन्स्योरेन्स कम्पनी ३।७८ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३।४७ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी इक्विटी फण्ड ६।३३, इमर्जिङ नेपाल ४।३१, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ३।९४, बैंक अफ काठमाडौँको ऋणपत्र ३।७७ र सिभिल बैंकको ऋणपत्रका लगानीकर्ताले ३।५२ प्रतिशतले गुमाएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







