प्रेस युनियनको महाधिवेशन आजदेखि


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित




नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ।

हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशन संचालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन्।

२ दिनसम्म हेटौँडामा संचालन हुने महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र ७ वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ६५० जना संचारकर्मीको सहभागिता रहनेछन्।

महाधिवेशनबाट नेपाल प्रेस युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुने कार्यसूची छ। महाधिवेशनमा सहभागी हुन पुगेका प्रतिनिधिलाई बागमती हेटौँडाका अतिरिक्त चितवनको सौराहा र बाराको अम्लेखगञ्जस्थितका होटलमा राख्ने प्रबन्ध र आवत–जावतको लागि यातायातको सुविधा उपलब्ध गराइएको छ।

४ सचिव पद थप

प्रेस युनियनमा ४ सचिव थप गरिएको छ। रेडियो, छापा, टिभी र अनलाइन शाखाका लागि १/१ जना सचिव थप गरिएको हो। पद थोरै तर आकांक्षी धेरै भएपछि सबैको सहमतिमा ४ सचिव थप गरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।