साफ यु–२० च्याम्पियनसीप : नेपाललाई उछिन्दै बंगलादेश शीर्षस्थानमा


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित




साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाललाई उछिन्दै बंगलादेश अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

बंगलादेशले खेलेको तेस्रो खेलमा बङ्लादेशले माल्दिभ्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । भारतको भुवनेश्वरमा रहेको कालीङ्गा रंगशालामा बंगलादेशले पहिलो हाफमा नै ४ गोल गरेको थियो ।

योसँगै बंगलादेशले लगातार तेस्रो जित निकालेको छ । ३ खेलमा ९ अंककासाथ बंगलादेश शीर्ष स्थानमा छ भने दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले हराएको थियो ।

हिँजो भएको अर्को खेलमा आयोजक भारतले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराएको छ। भारतको यो पहिलो जित हो । भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेको माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन् ।

प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । नेपालले आज (आइतबार) भारतसँग र मंगलवार बंगलादेशसँग खेल्नेछ । फाइनल खेल आउँदो शुक्रवार हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।