मोरङ । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो ।
सो अवधिमा रु ६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पाँच सय ८३ बराबर रकम विनियोजन भएको कार्यालयका सूचना अधिकारी तनुजा पोखरेलले जानकारी दिए ।
सोही अवधिमा चालुतर्फ रु ३६ अर्ब नौ करोड ७५ लाख २८ हजार विनियोजन भएकामा रु ३४ अर्ब ९८ करोड ४४ लाख ३७ हजार खर्च भइ ९६ दशमलव शून्य नौ प्रतिशत प्रगति हासिल भएको उनले बताए । जिल्लाभर सम्बद्ध कार्यालयले रु ५२ अर्ब ४१ करोड ६४ लाख दुई हजार राजस्व सङ्कलन गरेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







