ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गयो


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

ट्रकले ठक्कर दिदाँ पोखरामा मोटरसाइकल चालकको ज्यान गएको छ ।

कास्की माछापुच्छ«े गाउँपालिका–४, लाहाचोकका २७ वर्षीय नवराज नेपालीको ज्यान गएको हो।

पोखरा–बागलुङ सडक खण्डकको हेम्जामा आइतबार बेलुकी ६ बजेतिर भएको सडक दुर्घटनामा परेर नेपालीको मृत्यु भएको हो। दुर्घटनमा परेर शरीर जलेको अवस्थामा मणिपाल पु¥याइएको नेपालीको उपाचार क्रममा मृत्यु भएको हो।

पोखरा–बागलुङ सडक खण्डको हेम्जामा नेपाली सवार ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा आगलागी भएको थियो । आगो निभाउने क्रममा स्थानीय क्षेत्रबहादुर कुँवरको समेत दुबै हात र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।

ट्रक र चालक किरण बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।