काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १।१५ अङ्कले उकालो लागेर दुई हजार १९६।२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९४ अङ्कले उकालो लागेर ४२१।१४ मा पुगेको छ । नेप्सेमा झिनो अङ्कको बृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ ।
कूल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ । उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर मूल्यमा भने गिरावट देखियो ।
बैंकिङ ५।७, व्यापार ७६।२२, जलविद्युत् १८।३७, उत्पादन १०९।१८ र लगानी ०।५३ अङ्कले उकालो लाग्यो । यस्तै, होटल ६०।८७, विकास बैंक ५९।४२, वित्त १।९९, निर्जीवन बीमा १९।७७, अन्य १०।८५, लघुवित्त ५८।६८, जीवन बीमा १९।५२ र सामूहिक लगानी कोष ०।०६ अङ्कले उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो ।
हिमालयन डिस्टिलरी रु १६ करोड २७ लाख ७३ हजार ५३४, एचआइडिसिएल रु १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी रु १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार बुटवल पावर कम्पनी ६।९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६।४५, गुडबिल फाइनान्स ६।२३, दोर्दी खोला जलविद्युत् कम्पनी ५।५७ र एचआइडिसिएलका लगानीकर्ताले ५।०७ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त ५।२१, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४।७१, सूर्योदय बोमी लघुवित्त ४।०९, कृषि विकास बैंकको ऋणपत्र ३।९६ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३।७८ प्रतिशतले गुमाए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





