पोखरा महानगरपालिका लेखा समितिको दोश्रो बैठक सोमबार सम्पन्न भएको छ ।
लेखा समितिका संयोजक झपट रानाभाटको अध्यक्षमा बैठक सम्पन्न भएको हो ।
बैठकमा बोल्दै पोखरा महानगरपालिकामा हालै सुरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए ।उनले सबै जनताप्रति जवाफदेही र पारदर्शी बन्नुपर्नेमा जोड दिए ।
‘महानगरले गर्ने सबै काम कानून अनुसार हुनुपर्छ। जसलाई जे जिम्मेवारी छ। त्यसले त्यही गर्नुपर्छ र जनताप्रति जवाफदेही बन्नुपर्छ ।’
उनले लेखा समितिले महानगरभित्रले गर्ने आर्थिक र विकास निर्माणका लगायत यहाँको शुसानका बारेमा उठेका विषयमा छलफल, छानविन लगायतका काम गर्नसक्ने बताए । प्रमुख प्रशासकीय अधिकृत भारतीले कानून मिचेर कसैलाई माया गर्न नसकिने बताउदै भने, ‘कानूनभित्र रहेर काम गर्नुपर्छ । सबै विधि र सिस्टममा चल्नुपर्छ ।’
बैठकमा लेखा समिति सदस्यहरु विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापाले लेखा समितिले आफनो अधिकारको प्रयोग गरेर पोखरा महानगरमा सुशासन कायम गराउन कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए । उनीहरुले यहाँभित्र रहेका ब्यथितिका बारेमा अध्ययन गरेर सत्यतथ्य बाहिर ल्याउने र गल्ती कमीजोरीलाई सच्याउनेतर्फ समितिको ध्यान केन्द्रीत हुने बताए ।
बैठकले महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदन अध्ययन गरेर अर्को बैठकमा त्यसबारे छलफल गर्ने निणय गरेको छ । अर्को बैठकमा महालेखाको प्रतिवेदन सबै सदस्यहरुलाई उपलब्ध गराउने र त्यसबारे छलफल गर्ने निर्णय भएको समितिका संयोजक झपट रानाभाटले जानकारी दिए ।
बैठकमा लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले समितिको काम, कर्तब्य र अधिकार बारे जानकारी गराए । पोखरा महानगरको गत असार २६ गते बसेको एघारौं नगरसभाले नगरसदस्य झपट रानाभाटको संयोजकत्वमा समिति गठन गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






