नेपालीहरुको महान पर्व हरितालिका तिजको अबसरमा यो वर्ष पोखराको बगरस्थित पुरानो टुँडिखेलमा तीज मेला गरिने भएको छ ।
स्थानीय सामाजिक संस्था इन्द्रेणी एकीकृत बिकास केन्द्र पोखरा १ ले दोश्रो तीज मेला आयोजना गर्ने भएको हो ।
पुरानो टँुडिखेल मैदानमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै भदौ १० देखि १६ गतेसम्म तीज मेला आयोजना गर्ने भएको केन्द्रले जनाएको छ ।
मेलामा विभिन्न बिधामा प्रतियोगितात्मक कार्यक्रमसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
तीजगीत प्रतियोगिता गर्दै आएको संस्थाले २०७६ सालमा पहिलो पटक तीज मेलाको रुपमा शुरुवात गरेको र २ बर्ष कोरोनाको कारण स्थगित मेलालाई यस वर्ष निरन्तरता दिने भएको हो ।
मेला अबधी ७ दिनको रहने र आधुनिक भन्दा मौलिकतालाई प्रथामिकता राखेर मेला सञ्चालन गरिने मेलामा मौलिक कला र संस्कृति जगेर्ना गर्ने र बचेको रकमलाई इन्द्रेणी एकीकृत बिकास केन्द्रद्वारा निर्माणधीन रहेको कृयापुत्री भबनलाई सुम्पने उद्देश्यले मेला गर्न लागिएको केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






