कार्ल माक्र्स र एङ्गेल्सकोबीच यस्तो मित्रता थियो कि, जसको बिश्वमा कुनै उदाहरण पाइँदैन । माक्र्स स्वयं त्यो मित्रतालाई युनानी पौराणिक कथाहरूमा वर्णित साथीत्व जस्तो मान्नुहुन्थ्यो । यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म करीब एङ्गेल्सले नै ज्यादा त्याग , सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकहरुले माक्र्सद्वारा एङ्गेल्सको लगातार भावनात्मक, बैचारिक र आर्थिक शोषण पनि भन्थे । तर, जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बुढेसकालसम्म निरन्तर निर्वाध र सदाबहार रुपले जारी रह्यो, जसको निश्चल आवेग सधैं बनिरह्यो ।
माक्र्सको एङ्गेल्ससितको पहिलो भेट सन् १८४२ मा पेरिसमा भएको थियो । त्यो भेट निकै सानो र शिष्टाचार भेट थियो, जसमा माक्र्स एङ्गेल्ससित खासै प्रभावित हुनुभएको थिएन । पछि एङ्गेल्सका केही लेखहरु माक्र्सले अध्ययन गरे । ती लेखहरुमा माक्र्सलाई एक बिशेष प्रकारको बैचारिक ताप अनुभव भयो । त्यसपछि माक्र्सले एङ्गेल्ससित पत्रमित्रता सुरु गर्नु भयो । ती पत्रहरुले दुबै जनाबीचको परिचयलाई त गहिरो बनायो नै, बैचारिक सहमतिहरुको शिलशिला पनि उत्तिकै रूपमा सुरु भयो ।
सन् १८४४ मा एङ्गेल्स पेरिसमा माक्र्सकोमा आएर ९–१० दिनसम्म बस्नुभयो । तिनै ९/१० दिन उहाँहरुको सम्बन्धमा निकै महत्वपूर्ण सावित भए । ती दिनहरुमा हरेक मुद्दाहरूमाथि खुलेर कुराकानी भयो । दुबैजनाले एक अर्काको बैचारिक क्षितिज र गहिराइलाई बुझ्नुभयो । सबैखाले सैद्धान्तिक र ब्यवहारिक मुद्दाहरुमाथि जमेर कुरा भयो । जसले, दुबै जनालाई एक–अर्काको नजिक तुल्यायो । दुबै जनाबीच एक यस्तो बैचारिक तालमेल बन्यो, जुन अघिल्ला कामहरुको आधार पनि बन्यो र अन्तिमसम्म उस्तै चलिरह्यो ।
माक्र्स झैं एङ्गेल्स पनि जर्मन हुनुहुन्थ्यो । उहाँको जन्म जर्मनीको राईन प्रान्तको वार्गेन शहरमा भएको थियो । इंग्ल्याण्डका मिलहरुमा एङ्गेल्सका बुवाको साझेदारी थियो । आर्थिक रूपमा एङ्गेल्स अत्यन्तै बैभवशाली हुनुहुन्थ्यो । एङ्गेल्सका बुवा पढाई लेखाइ सकाएर छोरालाई आफ्नो ब्यापार, ब्यवसायमा लगाउन चाहनुहुन्थ्यो । बुवालाई छोराको मष्तिष्कमा आएको बिचारको उथलपुथलको अनुमान नै थिएन । माद्यमिक शिक्षा पूरा गरेपछि कारोबारको राम्रो तालिम लिन एङ्गेल्सलाई बाहिर पठाइयो । एङ््गेल्स ती सबै कुरा गर्न चाहनु हुन्थेन । त्यही पनि सिक्ने त्यो एक मौका थियो । त्यसैले एङ्गेल्सले त्यो अवसरलाई खेर जान दिनुभएन ।
एङ्गेल्समा निरीक्षण–परीक्षण र विश्लेषण गर्ने प्रवृत्ति सुरुदेखि नै थियो । त्यो बानी पछिका बर्षहरुमा झन् बढ्यो । फलस्वरूप उहाँ आफ्नो किशोरावस्थामै लेख लेख्न थाल्नुभयो । एङ्गेल्सको अध्ययन जारी मात्र रहेन, झन् झाङ्गियो। कार्लमाक्र्स झैं उहाँ लगातार पुस्तक र पत्रपत्रिका पढिरहनु हुन्थ्यो, लेखिरहनु हुन्थ्यो । अध्ययन र लेखनका ती सामग्रीहरुमा , त्यस्ता किताबहरु पनि सामेल हुन्थे, जसमाथि जर्मनीमा प्रतिबन्ध लागेको थियो । एङ्गेल्सले सैनिक शिक्षा समेत हासिल गर्नुभएको थियो । झन् अगाडि बढ्दा त्यो शिक्षाले कार्लमाक्र्स र एङ्गेल्सका सैनिक मामिलासम्बन्धी लेखनमा ठूलो मद्दत गरेको थियो ।
कार्ल माक्र्स झैं एङ्गेल्सले पनि ‘राईन समाचार’ पत्रका लागि लेख्न शुरु गर्नुभयो र महत्वपूर्ण मुद्दामाथि समर्थन वा बिरोधमा लेख लेख्न थाल्नुभयो । एङ्गेल्सको सोंच पनि परिवर्तनकामी, अन्याय, अत्याचार र शोषणबिरोधी थियो ।
माक्र्स र एङ्गेल्स एक–अर्कामा परिचित र हेलमेल भैसकेपछि दुबै जनाको सहबिचार यात्रा आरम्भ भयो । दुबैजना तीव्रतापूर्वक बैचारिक रुपले एक–अर्काको नजिक हुनुभयो । दुबै जना मिलेर मजदुर संघर्षलाई तीव्र गर्ने र सही पहिचान बनाउने पुस्तकहरु लेख्न शुरु गर्नुभयो ।
वास्तवमा एङ्गेल्स गंभीर प्रकृतिका ब्यक्तित्व र एक गंभीर अध्येता पनि हुनुहुन्थ्यो । सानो उमेरमै एङ्गेल्सले धेरै किताबहरु पढिसक्नुभएको थियो । एङ्गेल्स २० वटा भाषाका ज्ञाता हुनुहुन्थ्यो । त्यति धेरै भाषाहरुको जानकारीले स्वाभाविक रूपमा पार्टी निर्माण र त्यसका तमाम कामहरुको लागि उपयोगी हुन्थे नै । कार्लमाक्र्सको लेखनमा पनि एङ््गेल्सको बहु भाषा ज्ञानले ठूलै मद्दत पु¥याएको थियो ।
मित्रताको आरम्भका बर्षहरुमा माक्र्स र एङ्गेल्स दुबै जनाले एक्लाएक्लै बस्नु परेको थियो । पछि एङ्गेल्स लण्डनमा स्थायी रुपमा बस्न थालेपछि माक्र्सले त्यसलाई वरदान ठान्नुभयो । एङ्गेल्स माक्र्सको एक अत्यावश्यक भाग जस्तै हुनुहुन्थ्यो । यथार्थमा कार्ल माक्र्सले आफ्ना रचनात्मक र आत्मीय क्षणहरुमा एङ्गेल्सको भरपूर उपयोग गर्नुभयो । एङ्गेल्स माक्र्सको प्रतिभाबाट सुरुदेखिनै प्रभावित हुनुहुन्थ्यो । एङ्गेल्स कार्ल माक्र्सको अध्ययन , तर्क, विश्लेषण र बिचारदृष्टिका प्रशंसक हुनुहुन्थ्यो । एङ्गेल्सले यसलाई खुलेआम स्वीकार्नु भएको थियो । माक्र्सको त्यो प्रतिभा फक्रिन र आफ्नो क्षमता सिद्द गर्नमा एङ्गेल्सले वास्तवमै उल्लेखनीय सहयोग गर्नुभयो ।
गंभीर अध्येता र श्रेष्ठ लेखकको अतिरिक्त एङ्गेल्स एक उत्कृष्ट संगठनकर्ता समेत हुनुहुन्थ्यो । जर्मनी, फ्रान्स, इंग्ल्याण्ड, बेल्जियम र अन्य कैयौं देशहरूमा मजदुर चेतना बिकसित गर्ने र तिनीहरूलाई संगठित गर्ने काम एङ्गेल्सले गर्नुभयो । कार्ल माक्र्ससँगै उहाँ पनि मजदुरको मुक्ति अभियानमा पूरै निष्ठाका साथ लाग्नुभएको थियो । मजदुरको मुक्तिको सपना माक्र्स झैं एङ्गेल्सको आँखाको पनि एकमात्र सपना थियो । यसलाई वास्तविकतामा बदल्ने कोसिसमा एङ्गेल्स निरन्तर लागेको पाइन्छ । संगठनको प्रत्येक मामिलामा माक्र्स र एङ्गेल्स एक–अर्कामा सहमत हुनुहुन्थ्यो । यद्यपि, एङ्गेल्स माक्र्सका सबै दिशानिर्देशहरुलाई मान्नुहुन्थ्यो । एङ्गेल्सले संगठनभित्र माक्र्सको विरुद्ध छेडिएका तमाम लडाइँहरु आफैपनि लड्नुभयो ।
लण्डनमा स्थायी रुपले बस्न थालेपछि कार्ल र एङ्गेल्सको नियमित भेटघाट हुन थाल्यो । एङ्गेल्स पहिले पनि सामान्यतया ः माक्र्स परिवारको पाहुना हुने गर्नुहुन्थ्यो । ती दिन पूरै माक्र्सको परिवारको लागि धेरै खुशीका दिन हुने गर्थे । फर्केर गएपछि दुबैजना पत्राचारको माध्यमबाट एक–अर्कासित जोडिएर रहनुहुन्थ्यो । ती पत्रहरु खासमा बिचार बिनिमयको साधन हुन्थे । कार्लमाक्सका प्रत्येक सैद्धान्तिक मान्यताहरु पहिलोपटक तिनै पत्रहरुमा व्यक्त भएका हुन्थे ।
एङ्गेल्सको आर्थिक अवस्था आफ्ना बुवाको ब्यापार–ब्यवसायको कारणले सुरुदेखिनै निकै राम्रो थियो । एङ्गेल्सले आफ्नो राम्रो स्थितिको प्रयोग माक्र्सलाई सहयोग दिनमा गर्नुभयो । एङ्गेल्सका कुनै सन्तान थिएनन् । उहाँकी जीवनसंगीनीको मृत्यु धेरै पहिल्यै भइसकेको थियो । एङ्गेल्स नीजि पीडाका हरेक दर्दनाक क्षणहरुमा आफ्नो मित्रको उपस्थितिको जरुरत महसुस गर्नुभएको हुन्थ्यो । तर, माक्र्स एङ्गेल्सका प्रत्येक दर्दमा जान सक्नुहुन्थेन ।
एङ्गेल्सको जीवनको सबैभन्दा ठूलो योगदान माक्र्सलाई गरिएको उहाँको मद्दत थियो । कार्ल माक्र्स जीवनभर आर्थिक आधीमा फसिरहनुभयो । कार्ल माक्र्सको पूरै जिन्दगी समस्याग्रस्त रह्यो । आपतकालीन दिनमा नै एङ्गेल्स कार्ल माक्र्सको सबैभन्दा ठूलो सहयोगी सावित हुनुभयो । जीवनभर आफ्ना मित्रलाई मद्दत पु¥याइ रहनुभयो । कार्ल माक्र्सको सिंगै परिवार समस्यामा फसेपछि एङ्गेल्स कुनै भगवान वा देवदूत झैं आफ्नो सहायता लिएर उपस्थित हुनुहुन्थ्यो । पछि त एङ्गेल्सले कार्ल माक्र्सको परिवारलाई नियमित रुपले सहायता पु¥याउने सिलसिला शुरु गर्नुभयो । यो सहायताको, यो मद्दतको कहिल्यै पनि कुनै हिसाबकिताब राखिएन । न त, कहिल्यै हिसाब तिरियो ।
आखिर, एङ्गेल्सले यसरी कार्ल माक्र्सको किन हिफाजत गर्नुभयो ? आखिर मद्दत गर्नेपनि एक हद वा सीमा हुनुपथ्र्यो भन्ने कुरा बुझ्न सा¥हो पर्न सक्छ । अर्कोतर्फ कार्ल माक्र्सको तर्फबाट सोंच्ने हो भने के सवाल उत्पन्न हुन सक्छ भने जतिसुकै समस्यामा परेपनि कुनै ब्यक्तिले त्यस किसिमको लगातारको मद्दत कसरी स्वीकार गर्न सक्छ ? आखिर स्वाभिमान जस्तो पनि त कुनै चीज हुन सक्छ ।
यदि, माक्र्स र एङ्गेल्सबीचको सोंच, आत्मीयता र अनन्यताका अन्त ः शूत्रहरुलाई राम्रोसँग बुझ्ने हो भने संपूर्ण कुराहरु आफैं स्पष्ट हुन्छन् । उहाँहरुबीचको मित्रताको पूरै भवन खडा भएको थियो । वास्तवमा उहाँहरु दुबै जनाको मित्रताले एक यस्तो उचाई हासिल गरेको थियो, जहाँ पुगेर हर किसिमका ब्यक्तिगत सम्पत्ति वा निजत्व आफैं समाप्त हुन्छन् । आफ्नो वा अरुको भन्ने केही बाँकी रहँदैन । यी सबै कुराहरु ब्यक्तिगत नातामा मात्र होइन, बरु सोंच र लेखनको धरातलमाथि उहाँहरुबीच सबै कुरा साझा थियो ।
एङ्गेल्सको सामयिक मद्धतबाट नै माक्र्सको ‘पूँजी’ जस्तो महान लेखन संभव हुनसक्यो । यदि, एङ्गेल्सको त्यस किसिमको सहयोग नमिलेको भए माक्र्स निश्चितरूपमा मर्नुहुन्थ्यो भन्ने लेनिनको भनाई पनि सही नै छ । माक्र्स बिरामी भएपछि एङ्गेल्सले उहाँको उपचार गर्ने ब्यवस्था गर्नुभयो । उपचार गर्ने मामिलामा माक्र्स केही उदासीन हुनुभयो । त्यस्तो अवस्थामा जरुरी हुँदा एङ्गेल्स कार्लमाक्ससित रिसाउनु भयो पनि । उपचारप्रति कार्ल माक्र्सको लापरबाही देखेर एङ्गेल्सलाई धेरै रिस उठ्थ्यो ।
आफ्नो साथीलाई निरन्तर सहयोग गर्न सकियोस् भनेर एङ्गेल्सले पहिले आफ्नो आयको सही ब्यवस्था गर्नुभयो । पछि, माक्र्सलाई नियमित सहायता दिन थाल्नुभयो । कार्ल माक्र्सलाई आफ्नो मित्रको त्यो सहयोगको महत्व राम्रोसँग थाहा थियो । कार्ल माक्र्सले आफ्ना चिठ्ठीहरुमा त्यो अमूल्य सहयोगको महत्वलाई स्वीकार गर्दै भन्नुहुन्थ्यो, ‘यदि यो सहयोग नमिलेको भए म यता न उताको हुन्थे र मेरो परिवारको त झनै कस्तो दुर्गति हुन्थ्यो होला ।’
एङ्गेल्सले आफ्ना मित्र माक्र्सको परिवारको लागि आफू बाचुञ्जेल सहयोग गर्नुभयो । त्यतिमात्र होइन, कार्ल माक्र्सको मृत्युपछि पनि निरन्तर कार्ल माक्र्सको परिवारलाई सहायता गरिरहनुभएको थियो । माक्र्सको मृत्युपश्चात एङ्गेल्स माक्र्स परिवारको अभिभावक बन्नु भयो । त्यसको अतिरिक्त कार्ल माक्र्सको अप्रकाशित साहित्यलाई सामुन्ने ल्याउने महत्वपूर्ण काम समेत गर्नुभयो ।
माक्र्सको ज्यान लिने हरेक बेदनाका क्षणहरुमा एङ्गेल्स बराबर उपस्थित हुनुहुन्थ्यो । चाहे माक्र्सको जेठो छोरा एडगरको मृत्युको क्षणमा होस् वा सहधर्मिनी जेनीको मृत्युको क्षणमा । प्रत्येक समयमा एङ्गेल्सले पूरै जिम्मेवारी र कर्तव्यबोधका साथ मित्रता र असल साथीको भूमिका अदाहा गर्नुभयो ।
यसरी एङ्गेल्स माक्र्स परिवारको अनिवार्य अंग बन्नुभएको थियो । कार्ल माक्र्सको पूरै परिवारले एङ्गेल्सको अपरिहार्य आवश्यकता महसुस गर्दथ्यो नै । कार्ल माक्र्सकी जीवनसंगीनी जेनीले समेत एङ्गेल्सको विशेष सम्मान गर्नुहुन्थ्यो । एङ्गेल्सले पनि जेनीको गांभीर्यता, बुद्दिमता र मजदुर आन्दोलनप्रतिको समर्पण, त्याग, वलिदान र निष्ठाबाट विशेष प्रभावित हुनुहुन्थ्यो । कार्ल माक्र्सका छोरीहरुलाई पनि एङ्गेल्स बराबर दिशानिर्देश गर्नुहुन्थ्यो ।
फ्रेडिक एङ्गेल्स लण्डन आएपछि दुबैजना सामान्यतया संगै बस्नुहुन्थ्यो । दुबै जनाको घर केही दूरीमा मात्र थियो । प्रायः बेलुकी दुबै जनाको भेट र कुराको निरन्तर शिलशिला चल्थ्यो । ती कुराहरूमा बिषयको कुनै सीमा हुँदैनथ्यो । राजनीति, इतिहास, अर्थशास्त्र, बिज्ञान, साहित्य, सैनिक मामिला, प्रशासन, मजदुर आन्दोलन आदि तमाम बिषयहरुमाथि उहाँहरु दुबै घोत्लिएर छलफल गरी निष्कर्ष निकाक्नुहुन्थ्यो । दुबै जनाले एक–अर्काका बिचार र सल्लाहलाई आत्मसात गर्ने बानी थियोे । दुबै जना एक–अर्काको सोंचका बराबर भागेदारी हुनुहुन्थ्यो । कार्ल माक्र्सले आफ्ना सबै रचनाहरुका महत्वपूर्ण मुद्दाहरुमा एङ्गेल्सको राय सल्लाह लिनुहुन्थ्यो । दुबैजना मिलेर कैयौं पुस्तकहरु तयार गर्नुभएको थियो । एङ्गेल्सको त्यो नै बैचारिक समानताको प्रमाण थियो ।
एङ्गेल्सले माक्र्ससित मिलेर त लेख्नुभएकै थियो । त्यो बाहेक उहाँले धेरै लेखहरु माक्र्सको तर्फबाट माक्र्सको नाममा पनि लेख्नुभयो । कार्ल माक्र्सलाई जुन समयमा ‘न्यूयोर्क डेली ट्रीबयुन’को लागि लेख्ने काम मिल्यो, त्यस समयमा माक्र्स आफ्नो ग्रन्थ ‘पूँजी’को लेखनमा ब्यस्त हुनुहुन्थ्यो । माक्र्ससित अखबारको लागि लेख्ने समय थिएन । त्यसैले, माक्र्सले आफ्नो तर्फबाट त्यस अखबारमा लेख्न एङ्गेल्सलाई भन्नुभो । केही दिशाबोध समेत गर्नुभयो । एङ्गेल्सले आफ्नो लेखनलाई रोकेर ‘न्यूयोर्क डेली ट्रीबयुन’ मा एक लेखमाला लेख्ने काम गर्नुभयो ।
माक्र्स र एङ्गेल्स दुबैले आफूबीच कामको बितरण गर्नुभएको थियो । सैनिक मामिला, रसायन, जीव र भौतिक शास्त्र जस्ता बिषयहरुमा एङ्गेल्स पारंगत हुनुहुन्थ्यो । तसर्थ, यी बिषयहरुका बारेमा एङेल्सले मात्र लेख्न सक्नुहुन्थ्यो । जबकि, इतिहास, दर्शन, अर्थशास्त्र जस्ता बिषयहरुमा लेख्ने काममा माक्र्सको विशेष दखलता थियो । एङ्गेल्सले माक्र्सको लागि वा माक्र्सको नाममा लेख्नु ब्यवहारिक र बैचारिक दुबै दृष्टिबाट त्यति राम्रो कुरा होइन । बेइमानी हो भन्ने कार्ल माक्र्सका आलोचकहरु पनि छन् । तिनीहरूले त्यो बुझेनन् कि कार्ल र एङ्गेल्स दुबै जना मित्रहरू आखिर एउटै लक्ष्य र उद्देश्यको लागि काम गरि रहनुभएको थियो । मजदुरहरुमा चेतना पैदा गर्ने, उनीहरूलाई संगठित गर्ने, एकजुट पार्ने, पुँजीपतिलाई उल्टाइ–पल्टाइ गरेर नयाँ संसार बनाउने लक्ष्यमाथि बिजयी हासिल गर्ने हो भने त्यस किसिमका आरोपहरु आधारहीन र अर्थहीन हुन् ।
विश्व सर्वहारावर्गीय आन्दोलनका दुई महान दार्शनिक माक्र्स र एङ्गेल्स दुबै जनाको लेखन नीजि प्रसिद्धि, नीजि महत्वाकांक्षा वा नीजि सन्तुष्टिको लागि थिएन । उहाँहरु लेखनलाई मेहनतको लडाइँको एक अत्यावश्यक हतियार झैं लिइरहनु हुन्थ्यो । यसकारण उहाँहरु को– कसको नामले वा कसको लागि लेखिरहेको छ भन्ने कुराले किञ्चित फरक पर्थेन । त्यसकारण एङ्गेल्सले माक्र्सको लागि लेखेपनि माक्र्सले एङ्गेल्सका बिचारहरुलाई आफ्नो काममा बराबर महत्व र स्थान दिनुहुन्थ्यो । माक्र्सले एङ्गेल्सको बहुज्ञता र बौद्धिक तीव्रतालाई भित्रैबाट मन पराउनु हुन्थ्यो भने माक्र्सका बहुआयामिक प्रतिभाबाट निकै प्रभावित हुनुहुन्थ्यो एङ्गेल्स । दुबै मिलेर सारा मानवमुक्तिको शूत्र पत्ता लगाउन आफ्ना क्षमताहरुको उपयोग गर्नुभएको थियो ।
माक्र्सले आफू जीवीत छँदा ‘पुँजी’ को एक खण्ड मात्र छाप्न सक्नुभएको थियो । बाँकी खण्डहरुको काम त धेरै गरिसकिएको थियो तर अन्तिम ड्राफ्टहरु तयार हुन बाँकी थियो । जेनी माक्र्सको मृत्यु, कार्ल आफैं रोगी र शारीरिक असक्षमताहरुका कारणले कार्ल माक्र्सले शेष काम गर्न सक्नुहुन्न भन्ने एङ्गेल्सलाई राम्रै हेक्का थियो । माक्र्सलाई पनि आफूले त्यसपछि नसक्ने राम्रोसँग थाहा थियो । तसर्थ, माक्र्सले संपूर्ण सामग्रीहरु एङ्गेल्सलाई सुम्पनुभयो, किताबको अगाडिको खण्ड तयार गर्नका लागि । माक्र्सका अधूरा काम एङ्गेल्सबाहेक अरुले पूरा गर्ने ल्याकत राख्ने कुरा संभव थिएन । एङ्गेल्सले आफ्नो संपूर्ण उर्जाको प्रयोग गरेर ती पाण्डुलिपिहरुलाई ठीक माक्र्सको दृष्टि र सोंचअनुरुप तयार गर्नुभयो ।
यतिमात्र होइन, माक्र्सपछि माक्र्सका अरु धेरै अप्रकाशित साहित्य एङ्गेल्सका प्रयासबाटै प्रकाशित हुन सके । एङ्गेल्स जहिलेसम्म बाँच्नुभयो । मजदुरहरुको मुक्तिको अभियानमा त निरन्तर लाग्नुभयो नै । त्यसको अतिरिक्त आफ्ना अभिन्न मित्र कार्ल माक्र्सका अधूरा कामहरुलाई पूरा गर्न उत्तिकै खट्नुभयो । माक्र्सको देहावसानपछि एङ्गेल्स एक्लो हुनुभयो । तर, मानवमुक्तिको सपनालाई यथार्थमा बदल्ने अभियानमा लागेर एक्लोपन बिर्सिनुभयो । यसकारण मित्र हुनु त कार्ल माक्र्स र एङ्गेल्स जस्तो ।
विश्व सर्वहारा मुक्ति आन्दोलनमा कार्ल माक्र्स जस्तै महत्वपूर्ण छ । एङ्गेल्सको जन्म सन् इस्वी सन् १८२० नोभेम्बर २८ र इस्वी सन् १८९५ को अगष्ट ५ मा भएको थियो। क. एङ्गेल्सको १२८ औं स्मृति दिवसका सन्दर्भमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







