नेपाल बजार बिक्री प्रतिनिधि संघ, पोखरा शाखाको अध्यक्षमा बाबुराम तिवारी निर्वाचित भएका छन्।
संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशनले तिवारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
कमिटीको उपाध्यक्षमा जयनारायण सापकोटा, सचिवमा भुबन पौडेल, अर्थ उपसचिवमा अग्नी पनेरु, संगठन उपसचिवमा मोनिका बराल, प्रचार प्रसार उपसचिवमा सुनिलकुमार गोर्खाली साथै अतिरिक्त उपसचिवमा सूर्यप्रसाद भट्टराई छन्।
त्यस्तै, सदस्यहरुमा गोबिन्द रेग्मी, माधब बराल, बबिता भुषाल, केदार पौडेल, गुणराज गिरी, अजयराज खनाल र हृदयबाबु पौडेल छन्।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश अध्यक्ष उद्योगपति बिक्रम कर्माचार्यले कुनै पनि उद्योग प्रतिष्ठान र कम्पनी प्रतिनिधिबीच बजारसम्म उत्पादित उपभोग्य सामाग्री पु¥याउन दुबै पक्षबीच पुलको काम गर्नुपर्ने बताए।
उनले कम्पनी प्रतिनिधि भनेका उद्योगको मेरुदण्ड भएको उल्लेख गर्दै उपभोक्ताको घर भाञ्छासम्म पु¥याउने काम कम्पनी प्रतिनिधिले गर्दै आएको र उद्योगको ब्यवसाय प्रबद्र्धनमा समेत कम्पनी प्रतिनिधिको अहम् भुमिका रहेको बताए।
कार्यक्रममा मदिरा ब्यबसायी महासंघका केन्द्रीय महासचिव तारानाथ ढुंगानाले बजारमा काम गर्ने प्रतिनिधिले संपूर्ण उद्योगको बिकासमा अहम् भुमिका खेलेको उल्लेख गरे। उद्योग ब्यवसायको रक्षा गर्ने काम समेत कम्पनी प्रतिनिधिले गर्दै आएको उनले उल्लेख गरे।
नेपाल बजार बिक्री प्रतिनिधि संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतम, संघका संस्थापक उपाध्यक्ष बसन्तराज सिग्देल, केन्द्रीय उपाध्यक्ष राजन कार्की, केन्द्रीय प्रचार प्रसार सचिव श्रीराम सिग्देल, संघका गण्डकी प्रदेश अध्यक्ष गोबिन्द ढुंगाना, संघका पूर्व गण्डकी धौलागिरी अध्यक्ष गोपाल सापकोटा लगायतले शुभकामना दिएका थिए।
पाल बजार बिक्री प्रतिनिधि संघ, पोखरा शाखाका अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका गण्डकी प्रदेश सचिव सुरेश सापकोटाले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







