पोखरा, साउन २३
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आफ्नो जन्म दिन दीन दुःखीको सेवा गर्दै मनाएका छन् । अर्थमन्त्री बरालले पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजास्थित मानव सेवा आश्रममा आश्रित दीन दुःखीको सेवा गरेर जन्म दिन मनाएका हुन् ।
दीन दुःखीको सेवा गर्दै जन्म दिन मनाउन पुगेका अर्थमन्त्री बरालले त्यहाँ आश्रितहरुलाई विहानको भोजन दान गरे । साथै उनी आफैले खाना पस्केर आश्रितहरुको टेबल टेबलमा पु¥याएका थिए ।

करीब २० हजार बराबरको भोजन दान गरेका अर्थमन्त्री बरालले मानव सेवा आश्रमलाई एउटा फ्रिजपनि दान गर्ने घोषणा गरेका छन् । आश्रम पुगेर त्यहाँ अवलोकनका क्रममा फ्रिजको अभाव भएको थाहा पाएलगत्तै उनले फ्रिज दिने घोषणा गरेका हुन् । साथै उनले प्रदेश सरकारको तर्फबाटपनि केहि गर्न सकिने स्थिति देखिएमा त्यसका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





