मुस्ताङको स्याउ भण्डारका लागि ‘कोल्डस्टोर’को व्यवस्था


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएको छ ।

यससँगै नेपाली उपभोक्ताले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।

मुस्ताङका स्याउ उत्पादक कृषकहरूले आर्थिक वर्ष २०७७/७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरीद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो ।

मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले रू. १६ लाखको कोल्डस्टोर खरीद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आएका छन् । उनले एप्पल जोन कार्यक्रमबाट रू. ८ लाख अनुदान पाएपछि रू. आठ लाख थपेर कोल्डस्टोर निर्माण गरिएको जानकारी दिए ।

‘कोल्डस्टोर नहुँदा विक्री नभएका स्याउ कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो, तर अब त्यो समस्या हटेको छ,’ उनले भने ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।