पोखरा, २६ साउन
पोखराको बेगनासताल पचभैयालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । जसका लागि स्थानिय पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानिय जनता जुटेका छन् । यहि प्रयास स्वरुप स्थानियले आज विहीबार देउराली मन्दिरदेखि गुम्बासम्म करिब १०० वटा फुलका बिरुवा रोपिएृको स्थानिय पर्यटन व्यवसायी तथा होटल एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

स्थानीय पचभैया सामुदायिक होमस्टेको आयोजना तथा स्थानिय होमस्टेको लगानीमा वृक्षारोपण गरिएको थापाले बताए । उनका अनुसार विहीबार गुल्मोहर, असारे, मुसुन्डा, पारिजात लगायतका स्थानीय जातका फुलहरु रोपिएका छन् ।
वृक्षारोपण कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भणडारीले गरेका थिए। कार्यक्रममा बोल्दै भन्डारीले स्थानियबासीको एकता नै कुनैपनि क्षेत्रको बिकासको मुख्य आधार भएको बताए । उनले सो क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बेग्नास्तालको दक्षिणी साइडको डाँडामा पर्ने उक्त पचभैया होमस्टे क्षेत्रबाट बेगनास ताल र रुपाताल लगयात ८ हजार मिटर माथिका ३ वटै हिमालको साथमा रमणीय हिम शृङ्खला देखिने थापाले बताए ।
स्थानिय पर्यटन बेबसायी तथा वृक्षारोपण कार्यक्रमका सम्योजक दामोदर भक्त थापाले पर्यटनको सम्भावना बोकेको पचभैया प्रचारप्रसारको ओझेलमा पर्न नहुने बताए । उनले स्थानियको सहभागितामा सो क्षेत्रमा विकासका काम निरन्तर गरिरहने बताए । होमस्टेले यसअघिपनि पैदल मार्ग निर्माण , होम स्टे सन्चालकका लागि क्षमता अभिबृद्दी तालिम लगायतका कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए ।
पचभैया सामुदायिक होमस्टेका अध्यक्ष निमा थापा मगरको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्व दिननाथ ढकाल, संस्थाका उपाध्यक्ष सरस्वती थापा, सचिब गणेश ढकाललगायतले पनि बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





