राष्ट्रिय सौन्दर्यकर्मी युनियन पोखरा महानगर कमीटीको अध्यक्षमा दर्जी


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




पोखरा, साउन २६

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पोखरा महानगर कमीटीको अध्यक्षमा ज्ञानुकुमारी दर्जी चयन भएकी छन् । युनियनको विहीबार पोखरामा भएको तेस्रो अधिवेसनले दर्जीको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

समितीको उपाध्यक्षमा गंगादेवी पुन, सचिवमा सृजना घले, सह–सचिवमा मन्दिरा बस्नेत र कोषाध्यक्षमा रमा रानाभाट चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदश्य मिना गुरुङले सौन्दर्यकर्मीको पेशालाई मर्यादित र व्यवसायिककरण गर्दै लैजानुपर्नेमा जोड दिईन् । उनले लामो समयदेखि सौन्दर्य पेशालाई शैक्षिक कार्यक्रममा समावेश गर्ने आफ्नो सपना अहिले आएर साकार भएको बताईन् । सांसद गुरुङले अव सौन्दर्य विषयको अध्ययनले नया पुस्तालाई आत्मनिर्भर बन्न सजिलो बनाउने दाबी गरिन् ।

सांसद गुरुङले अहिले दश जोड दुईसम्म अध्ययनका लागि अनुमति भएपनि आगामी दिनमा यसलाई स्नातक तहसम्म अध्ययन÷अध्यापन गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिईन् ।

युनियनकी गंगादेवी गुरुङ पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्टका अध्यक्ष रुद्रबहादुर खत्री, गण्डकी सौन्दर्यकर्मी इन्चार्ज संगिता पाण्डे, जिफन्ट केन्द्रिय कमिटी सदस्य पम्फा पहारी, सुमन गुरुङलगायतपनि सहभागि थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।