राष्ट्रपति भण्डारीद्वारा पोखरामा सन्चालित अन्नपूर्ण केवलकारको अवलोकन


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित




पोखरा, साउन ३०

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा सन्चालित अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गरेकी छन् । भोलि मंगलबार पोखरामा हुने गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होँटे र विन्द्य्यबासिनी मावि बाटुलेचौरको रजत जयन्ती समापन समारोहमा सहभागि हुन सोमबार पोखरा आएकी राष्ट्रपति भण्डारीले पोखराको नया प्रोडक्टको रुपमा रहेको अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गरेकी हुन् ।

अन्नपूर्ण केवलकारको अवलोकन भ्रमण गर्न राष्ट्रपति भण्डारी साँझ करीब ५ बजे सेदीस्थित केवलकार कार्यालय पुगेकी थिईन् । त्यहाँ करीब आधा घण्टा बिताएकी राष्ट्रपति भण्डारी केवलकारमा चढेर सराङकोटसम्म पुगेर फर्किएको अन्नपूर्ण केवलकार प्रालिका प्रबन्ध निर्देशक दीनेश पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले सराङ्कोटमा केहिबेर टहलिदै हिमश्रृङ्खला, फेवातालसँगै पोखरा सहर नियालेकी थिईन् ।

राष्ट्रपतिले केवलकारको अवलोकन भ्रमण गर्दा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतकोपनि उपस्थिति रहेको थियो । मेयर आचार्यको जोडबलमा राष्ट्रपति भण्डारी पोखराको नया प्रोडक्ट अन्नपूर्ण केवलकारको अवलोकनका लागि पुगेको प्रबन्ध निर्देशक पौडेलले बताए । राष्ट्रपतिलाई भ्रमण गराएर पोखरामा पर्यटनको क्षेत्रमा नया प्रोडक्ट थपिएको सन्देश देश तथा विदेशमा पु¥याउने आफूहरुको उद्देश्य पूरा भएको पौडेलले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।