जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको जनप्रिय बहुमुखी क्याम्पस स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाव दिएका छन् । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहिबार एक समारोहका बिच पदस्थापन गराउदै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।

विभिन्न क्याम्पसहरु मध्य सामुदायिक क्याम्पस जनप्रियलाई जनताको सर्वसुलभ गुणस्तरिय शिक्षाको केन्द्रको रुपमा नमुना क्याम्पस बनाउन सबै लाग्नुपर्ने मन्त्री बरालले बताए । मावि तहको शिक्षाको स्वामित्व पनि प्रदेश सरकारलाई दिनुपर्ने उनको भनाई थियो । क्याम्पसको भौतिक पूर्वाधार निर्माण एवं गुणस्तरिय शिक्षामा सुधारको लागि पहल गर्ने मन्त्री बरालले बताए ।

क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको शैक्षिक गुणस्तरियताको लागि सबैसंग समन्वय गरी अघि बढ्ने बताए । अब नयाँ ढंगले अघि बढ्ने बताउदै क्याम्पस प्रमुख भण्डारीले विभिन्न योजना कार्यान्वयन गर्ने क्रममा भोकोपेट नहुने गरी व्यबस्थापन गर्ने दाबी गरे ।

क्याम्पस प्रमुख तारा गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रा.डा.देवेन्द्र लामिछाने, सहायक क्याम्पस प्रमुख भेषराज उपाध्याय, क्याम्पसका सल्लाहकार हरि नारायण गिरी (विज्ञान), नेपाली विभाग प्रमुख गोपाल प्रसाद बराल लगायतले बोलका थिए । उक्त क्याम्पसमा ५ हजार ५ सय बिद्यार्थी अध्ययन गर्ने गरेको एकनारायण अर्यालले जनाए । उनका अनुसार क्याम्पसमा २०७४ साल देखि पर्वतीय पर्यटन बिषयमा समेत पठकन पाठन हुँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।