पोखराको भीमसेन टोलस्थित भीमसेन टोल सुधार समितिले तायाःमचा नृत्यको उपाधि जितेको छ ।
मोहरिया–सिंहनाथटोल तायाःमचा समितिले पोखरामा शनिबार आयोजना गरेको तायाः मचा नृत्य प्रतियोगितामा भीमसेन टोलको तायाः मचा नृत्य टोलीले प्रथम स्थान प्राप्त गरेको हो ।
नेवाः खल कास्कीको तत्वावधानमा आयोजित प्रतियोगितामा तेर्सापट्टी तायाः मचा नाच समिति दोस्रो बन्यो ।
त्यस्तै, महेन्द्रपुल साँघुमुखस्थित महेन्द्रपुल तायाः मचा समिति तेस्रो बन्यो। नयाँबजार सांस्कृतिक समितिले शान्त्वना पुरस्कार हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत रामकृष्ण टोलस्थित रामकृष्ण टोल तायाः मचा समितिले सर्वोत्कृष्ट वाद्यवादनको उपाधि जित्यो ।
त्यसैगरि, पृथ्वीचोकको नेवाः खल कचाले सर्वोत्कृष्ट जोकरको उपाधि जित्यो । त्यस्तै, लामाचौर नेवाः खल समूह लामाचौरले सर्वाेत्कृष्ट महिला नृत्यको उपाधि जित्यो ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे र मोहरिया–सिंहनाथटोल तायाःमचा समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठले विजयी समूहलाई पुरस्कार प्रदान गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिशिर उजाडपोखरा पोखरामा आयोजित प्रथम खुला प्रौढ पुरुष तथा महिला भलिबलको उपाधी…






