निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट माग गरेको छ ।
आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
यो बजेट मन्त्रालयबाट निकासा हुन भने बाँकी छ ।
सरकारले आउँदो मंसीर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यो घोषणा गरेसँगै आयोग तयारीमा जुटेको थियो ।
स्थानीय तह निर्वाचनमा भन्दा यसपालि अनुमानित पाँच लाख बढी मतदाता थपिएका छन्। मतदाताको संख्या एक करोड ८२ लाख हुनसक्ने उनले बताए । यसको अन्तिम नामावली आयोगले पछि सार्वजनिक गर्ने जनाएको छ ।
यस्तै, करिब १० हजार ८२५ मतदान स्थल र २२ हजार ५०० मतदान केन्द्र बनाउने आयोगको तयारी छ । यो चुनावको लागि दुई लाख बढी जनशक्ति आवश्यक रहने निर्वाचन आयोगले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






