श्रमिकसँग श्रममन्त्री : अब, श्रममन्त्री कुँवर आफैले श्रमिकका गुनासाहरु सुन्छन्


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित




वैदेशिक रोजगारीमा जाँदा समस्या परी हाले गुनासो कसलाई सुनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने अबदेखि तपाईको गुनासो सुन्न श्रममन्त्री आफैँ तयार छन् ।

वैदेशिक रोजगारीका लागि स्वदेशमा होस वा विदेशमा, तपाईंलाइ समस्या परेको छ भने सिधै श्रममन्त्रीलाइ गुनासो सुनाउन सक्नुहुनेछ ।

त्यसका लागि श्रममन्त्री शेरबहादुर कुँवरले हरेक आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म तपाईंहरुको गुनासो सुन्ने समय छुट्याएका छन् ।

मन्त्री कुँवरले हिँजो (आइतबार) वैदेशिक रोजगारमा समस्या व्यहोर्नु परेका ९ जनाको गुनासो सुनेर सम्बोधन गरेका छन् । त्यसमध्ये, विदेश पठाउँछु भनेर म्यानपावर व्यवसायीले ठगेका, श्रम स्वकृति विना विदेश गएका, विदेशमा मृत्यु भएका आफन्तको शव नेपाल ल्याउन गाह्रो भएको गुनासो बढी आएको मन्त्री कुँवरले जानकारी दिएका छन् ।

पीडितहरुको गुनासो सुनेपछि उनीहरुको समस्या समाधान गर्न केही कानूनी अप्ठ्यारो रहेको मन्त्री कुँवरको भनाई छ । पीडितहरुको गुनासाको सम्बोधन गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।