पोखरा, भदौ ६
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवार पवनकुमार प्रजापतिले प्यानल घोषणा गरेका छन् । संघको अध्यक्षमा यसअघि नै सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका प्रजापतिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर संघको नया नेतृत्वका लागि प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २४ र २५ गते पोखरामा हुने ३४ औं महाधिवेशनले नया नेतृत्व चयन गर्दैछ । संघको नया नेतृत्वका लागि अध्यक्षमा प्रजापतिसँगै अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । प्रजापतिले प्यानल घोषणा गरेपनि पोखरेलले प्यानल घोषणा गरिसकेका छैनन् ।
संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापति वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । १० वर्षअघि सदस्यबाट संघको कार्यसमितिमा प्रवेश गरेका प्रजापती कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् ।
प्रजापति प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा हिरामणी पण्डित, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला र उप–महासचिवमा शोभा गौतमले उम्मेदवारी दिने भएका छन् । प्रजापति प्यानलको पदाधिकारी घोषणा गरिएपनि सदस्यहरु भने घोषणा गरिएको छैन । सदस्यमा दश जनाको मात्रै उम्मेदवारी दिनुपर्ने भएपनि आकांक्षी बढी भएकाले मिलाउन सकश हुँदा प्यानलमा सदस्यको उम्मेदवार घोषणा गर्न नसकिएको अध्यक्षका उम्मेदवार प्रजापतिले बताए ।
प्रजापति प्यानलबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका कार्की वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् । त्यस्तै, उद्योगतर्फका उपाध्यक्ष पण्डित यसअघि दुई कार्यकाल सदस्य भइसकेका उद्योगी हुन् भने वाणिज्य तर्फका उपाध्यक्ष बुद्धाचार्य वर्तमान कार्यकारिणी सदस्य हुन् । यसैगरी महासचिवमा उम्मेदवार बनेका बलराम आचार्य वर्तमान कोषाध्यक्ष हुन् । उप-महासचिवकी उम्मेदवार बनेकी शोभा गौतम वर्तमान कार्यकारिणी सदस्य हुन् ।
यसैबीच, प्रजापति समूहले चुनावी प्रतिबद्धतापनि सार्वजनिक गरेको छ । “संघको जिवन्तता ः व्यवसायीक विकासको अभियन्ता” नारासहित प्यानल घोषणा गरेको प्रजापति समूहले व्यावसायीक वातावरण निर्माण र उद्योगी÷व्यवसायीहरुको सम्मान अभिवृद्धिलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै डाटा बैंक स्थापना तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना, रुग्ण उद्योगहरु र नोक्सानमा चलेका व्यवसायको पुनरुत्थानका लागि बैंक तथा घरबेटीसँग छलफल गरी सहजता प्रदान गर्ने, नया व्यवसाय सञ्चालन गर्नेलाई आवश्यक परामर्श र तथ्याङ्क उपलब्ध गराउने, नवप्रवर्तन र महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर त्यसका लागि आवश्यक प्रविधि, पुँजी र बजारीकरणमा सघाउने गरी व्यवसाय प्रवद्र्धन केन्द्र खोल्ने अध्यक्षका उम्मेदवार प्रजापतिले बताए ।
अन्र्तराष्ट्रिय सहर सुहाउँदो संघ बनाउनका लागि आर्थिक रुपमा अब्बल बनाउने विभिन्न कार्यक्रम सञ्चालन, नियमित आम्दानी आउने वातावरण, बहुउद्देश्यीय भवन निर्माण गर्ने, सचिवालयलाई प्रविधिमैत्री बनाउँदै संघका सम्पूर्ण सदस्यलाई घरमै आवश्यक सूचना र सहयोग पुग्ने प्रणालीको विकास गर्ने, संघलाई साना, मझौला र ठूला उद्योगी तथा महिला व्यवसायीहरुको साझा संस्था बनाउने प्रजापति समूहको प्रतिबद्धतामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







