पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : उद्योग उपाध्यक्षमा सापकोटाद्वारा उम्मेदवारी घोषणा


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षमा हरिहर सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । सापकोटाले आफू उद्योग तर्फको उपाध्यक्षमा उम्मेदवार बन्ने एभरेस्ट आवाजलाई बताए ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ ।

संघको नया नेतृत्वका लागि हुने निर्वाचनमा आफूले उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने उनले बताए । उनले एभरेस्ट आवाजलाई भने,‘मेरो उम्मेदवारी सम्पूर्ण उद्योगीको तर्फबाट हो ।’

यसअघि प्रजापति प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा हिरामणी पण्डितले उम्मेदवारी घोषणा गरिसकेका छन् । सापकोटाले भने पोखरेल प्यानलबाट उम्मेदवार बन्ने हो वा स्वतन्त्र उम्मेदवारी दिने हो भन्ने खुलाएका छैनन् ।

उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सापकोटा यसअघि पटक÷पटक उद्योगतर्फको सदस्य बनिसकेका छन् । उनी वर्तमान उद्योगतर्फको सदस्यपनि हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।