विन्ध्यावासिनीको दान पेटिका चोरी गरेको भन्दै एक जना पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखरा महानगरपालिका-२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् ।

मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले दोर्जेलाई दानपेटिकासहित पक्राउ गरेको हो । दोर्जेमाथि जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद गरी अनुसन्धान भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।