काठमाडौंको जस्तै नेवारी टेस्ट पोखरामा पस्कँदै नेवाः दरबार


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको ड्यामसाइडमा ५ जना युवा व्यवसायीहरुले १ करोडको लगानीमा नेवाः दरबार रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

वीरेन्द्र श्रेष्ठ, अर्जुनप्रसाद मैनाली, परशुराम चौधरी, नरेश महर्जन र फेसल रफर मिलेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा नेवारी परिकारका अलावा कास्मिरी खानाका परिकारहरु पाइन्छन् ।

काठमाडौंमा पाइने नेवारी टेस्ट पोखरामै उपलब्ध गराउने उद्देश्यले आफूहरुले रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

न्युनतम मूल्यमा स्वाथ्यवद्र्धक खाना उपलब्ध गराइने उनीहरुको दाबी छ । रेष्टुरेन्टमा एकपटकमा १ सय जना सम्मलाई सेवा दिन सकिने छ । रेष्टुरेन्टमा ११ जना रोजगाररत् रहेको अर्का संचालक अर्जुनप्रसाद मैनालीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।