ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्की शान्ति आश्रमद्धारा मानव सेवा आश्रम हेमजामा खाद्यान्न तथा नगद सहयोग गरिएको छ।
समाजद्वारा सञ्चालित चूडामणि वसन्धरा हरिप्रसाद किरण ओझा स्मृति सम्मानबाट प्राप्त रकम २० हजार रुपैयाँ मूल्य बरावरको खाद्यान्न सामाग्री र कार्यक्रमका सहभागीहरुले संकलन गरेको नगद २० हजार २५० वितरण गरिएको हो।
समाजका संस्थापक अध्यक्ष स्व हरिप्रसाद किरण ओझाको नाममा उनी परिवारजनबाट २ लाख २ हजार १०१ को अक्षयकोष स्थापना गरि त्यसको व्याजबाट प्रत्येक बर्ष विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गर्दै आएको छ।
कुशेऔशी (बाबुको मुख हेर्ने) दिन हेमजा आश्रममा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठले मानव सेवा आश्रम कास्कीका प्रमुख सदिस पुनलाई खाद्यान्न सामाग्री र नगद हस्तान्तरण गरेका हुन्।
आश्रमका जिल्ला प्रमुख सदिश पुनका अनुसार पोखरा–१७ छोरेपाटन र हेमजामा १६० जना समाजका असहय, अनाथ र सडक मानव र १६ जना सेवक सेविका आवद्ध रहेको जानकारी दिए।
पोखरा–२५ हेमजा वावियातरास्थित ६३ रोपनी क्षेत्रफलको जग्गामा एक अर्वको गुरुयोजना अनुसार आवास भवन सहितका विभिन्न भौतिक संरचना निर्माण भइरहेकोे बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







