बागलुङमा कृषि र पशुपालनमा १५ करोड बढीका योजना


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित




बागलुङमा संघीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झन्डै रू. १५ करोड खर्च गर्ने भएका छन्।

चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन्। गण्डकी प्रदेश सरकार अन्तगर्तका कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङ तथा संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उक्त बजेट खर्च हुने भएको हो।

कृषि ज्ञान केन्द्रले रू. पाँच करोड ५५ लाख बजेट पाएको छ। सोमध्ये चालू खर्च रू. पाँच करोड ४३ लाख १० हजार र पूँजीगत खर्च रू. ११ लाखमात्र रहेको कार्यालय प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए। उत्पादनमा अनुदान, किसान प्रोत्साहनका लागि अनुदान, पूर्वाधार निर्माण तथा क्षमता विकासका क्षेत्रमा उक्त बजेट खर्च हुनेछ।

केन्द्रले चालू आवमा ३० साना सिँचाइ आयोजना, दुई ग्रामीण पोषण सुधार कार्यक्रम, रैथाने बाली संरक्षण, विशेष बाली प्रवद्र्धन, नयाँ बगैंचा स्थापना क्षेत्र विकास कार्यक्रम, तरकारी उत्पादनमा प्रोत्साहन कार्यक्रम, बाली बीमा र आकस्मिक बाली संरक्षणलगायत कार्यक्रम सञ्चालन गर्ने उनले बताए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।