डिजेल र मट्टितेलको मूल्य बढ्यो


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित




नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको छ।

डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्यवृद्धि गरेको हो। यो मूल्य बिहीबार रातिदेखि लागू हुने छ।

यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ।

आजमात्रै निगमलाई भारतीय आयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।