पोखरा, भदौ १७
नेपालका लागि ईश्लामिक गणतन्त्र पाकिस्तानका राजदुत सैयद हैजर शाहले पाकिस्तानी लगानीकर्ता पोखरासहित नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको भेटपछि एभरेस्टकर्मी सन्देश श्रेष्ठसँग कुरा गर्दै उनले पाकिस्तानी लगानीकर्ता पोखरासहित गण्डकी प्रदेशमा लगानी गर्न तयार रहेको बताएका हुन् । गण्डकी प्रदेश सरकारले चाँडै गर्न लागेको लगानी सम्मेलनमा पाकिस्तानी लगानीकर्ताको सहभागिता र सम्भावित लगानीको सम्भावनाबारे गरिएको प्रश्नको जवाफमा उनले भने,‘सरकारले लगानीको वातावरण बनाउनु पर्छ । जुनसुकै लगानीकर्ताले लगानीको सुरक्षा र नाफाको ज्ञारेन्टी खोज्छ । त्यो भए पाकिस्तानी लगानीकर्तापनि यहाँ लगानी गर्न तयार छन्’–उनले भने ।

राजदुत शाहले पाकिस्तान र गण्डकी सरकारले शिक्षा, पर्यटन र जलवायु परिवर्तनमा मिलेर काम गर्न सक्ने बताए । उनले पर्यटनको राजधानी पोखरा र पाकिस्तान सहकार्य गर्ने हो भने पर्यटनमा अथाह सम्भावना रहेको उल्लेख गरे । त्यसका लागि प्रदेश सरकार र मुख्यमन्त्री सकारात्मक पाएको उनले बताए । ‘पोखरा नेपालको पर्यटनको राजधानी हो । पाकिस्तानमा पनि पर्यटनको सम्भावना अथाह छ । हामीबीच सहकार्य गर्ने हो भने पर्यटनमा धेरै लाभ लिनसक्छौ’–उनले भने ।
पकिस्तानी राजदुत शाहले जलवायु परिवर्तनमापनि मिलेर जान सकिने बताए । उनले पाकिस्तान र नेपाल दुबै हिमालयको देश भएकाले जलवायु परिवर्तनको असर दुबै देशले भोगिरहेको भन्दै यसको न्यूनिकरणका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । यसबारे मुख्यमन्त्रीसँगपनि छलफल भएको र छलफल सकारात्मक भएको उनको भनाई छ ।
यसैबीच, पाकिस्तानी राजदुत शाह र मुख्यमन्त्रीबीचको भेटमा आपसी हित र सम्बन्ध दरिलो बनाउनेबारे कुराकानी भएको छ । पाकिस्तान र नेपालबीच जनस्तरमा भएको सम्बन्धलाई थप सुदृढ बनाउँदै सम्बन्ध प्रगाढ बनाउनेबारेमा कुरा भएको राजदुत शाहले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पाकिस्तानी राजदुत सैयद हैजर शाह मुख्यमन्त्री कार्यालयमा भेटवार्ता गर्दै ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






