यामाहा जेडआर माइलेज च्यालेन्ज सम्पन्न, पोखरेल प्रथम


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित




पोखरा । भि.ए डब्लु इन्टरप्रइजेज यामाहा पोखराले आयोजना गरेको माइलेज च्यालेन्जमा श्याम प्रसाद पोखरेल प्रथम भएका छन् । प्रतियोगितामा पोखरले प्रति लिटर ७२.७७ किमिको दुरी पुरा गर्दै विजेता घोषित भएका हुन् ।

यस्तै प्रतिलिटर ७१.७२ किमि सहित अर्जुन बहादुर मगर द्वितिय र प्रति लिटर ७२.७९ किमि पुरा गरेका जेनिश ध्वजु तृतिय भए ।

यामाहाको जेडआर एफआई स्कुटरले प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने कम्पनीको दावीलाई प्रमाणीत गर्न उक्त कार्यक्रमको आयोजना गरिएको भि.ए डब्लु इन्टरप्रइजेज पोखराले जनाएको छ । ४० जनाको सहभागिता रहेको प्रतियोगिता पोखराका विभिन्न ठाउँको परिक्रमा गर्दै हेम्जास्थित रिभर भ्याली रिसोर्टमा पेगेर टुंगिएको थियो ।

रेड जेडआर स्कुटरको माइलेज वारे ग्राहकहरुलाई जानकारी गराउने उद्देयले बेला बेलामा यस्ता खालका माइलेज प्रतियोगिता आयोजना गरिदै आएका कम्पनीका म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए ।

यामाहाको जेडआर १२५ एफ आई फ्यूल इन्जेक्सनलाई प्राथमिकातामा राखेर बनाएको स्कुटरले प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज दिने यो एकमात्रै स्कुटर भएको कम्पनीले दावी गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।