पोखरा उद्योग वाणिज्य संघमा कंडेल निर्विरोध निर्वाचित


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचन हुँदैछ ।

कार्यसमिति सदस्य कर्पोरेटतर्फ व्यवसायी रामप्रसाद कडेंल निर्विरोध निर्वाचित भएका छन् ।

विगत ९ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न हुँदै आएका व्यवसायी कंडेल आफ्नो व्यवसायमार्फत हजारौं युवालाई रोजगारी दिदैं आएका छन् । कर्तव्यनिष्ठ र सृजनशील युवा कंडेलले आफ्नो व्यवसायमार्फत पोखराका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् ।

कंडेलको प्रमुख व्यवसाय अन्तर्गत चौतारी बुटिक होटल, इजि फ्यासिलिटिज प्रा.लि, इजि ट्रेडिङ प्रा.लि. तथा गोर्खाल्याण्ड सेक्युरिटी गुप्र छन् । पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर योग्यता हासिल गरेका कंडेल विभिन्न संघसंस्थामा आबद्ध छन् ।

हाल लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष समेत रहेका कंडेल ‘उठ युवा, जाग अब Come On Youth Stand Up, CYSU अभियान, मातृभूमि’ का लागि नेपाली लगायतका सामाजिक अभियानमा समेत नेतृत्वकारी भूमिकामा छन् ।

उद्योग व्यवसायीहरुका हकहित, संघको विकास तथा समग्र पोखरेलीहरुको जीवन उकास्नको लागि सक्दो प्रयास गर्ने कंडेलले जनाएका छन् ।

कंडेलसँगै कर्पोरेट सदस्यमा बन्दना कार्की पनि निर्बिरोध निर्वाचित भएकी छन्। उनले युनाइटेड मर्दि हाइड्रोपावर कम्पनीको तर्फबाट मनोयन दर्ता गराएकी थिइन् । अन्य पदाधिकारी तथा सदस्यहरुमा भने निर्वाचन हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।