पोखरा । पोखराका अग्रज चिकित्सक डा.कुमार समसेर राणा अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र दमका बिरामी डा.कुमार समसेरलाई पछिल्लो पटक निमोनियाले सताए पछि स्थानीय फेवासिटी हस्पिटलमा उपचारकोलागि भर्ना गरिएको आफन्तले जानकारी दिएका छन् ।
राणाको उपचारमा संलग्न कन्सल्ट्यान्ट फिजिसियन तथा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उप कुलपति प्रा.डा.बुद्दिबहादुर थापाले डा.राणाको स्वास्थ्य अवश्था ‘क्रिटिकल’ रहेको बताए । डा.थापाका अनुसार राणालाई ५ दिन अघि सिकिस्त अवश्थामा अस्पताल ल्याइएको थियो । उनलाई अहिले चिकित्सक तथा स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानी आई.सि.यू.मा राखि उपचार गरिएको फेवासिटी अस्पतालले जनाएको छ ।
डा.राणा पोखराका पुराना चिकित्सक हुन् । पोखराको स्वास्थ्य क्षेत्रको उन्नयनमा उनको महत्वपूर्ण योगदान छ । अघिल्लो पुस्ताले उनलाई पोखराको ‘फादर अफ एलोपेथिक मेडिसिनको’ रुपमा चिन्ने डा.थापाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







