हितैसी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ। सहकारीको १०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको हो। साधारण सभाले नियमित रुपमा कारोबार गर्ने सेयर सदस्यहरुलाई बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका अध्यक्ष शेर बहादुर कार्किको सभापतित्व एवं कास्की बचत संघका अध्यक्ष भेषराज बरालको प्रमुख आतिथ्यमा भएको साधारण सभाले बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले स्थपनाकालदेखि नै संस्थामा आवद्ध सदस्यहरुको विकास, प्रवद्र्धन र संवद्र्धनमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सहकारीमैत्री नीति निर्माणका सवालमा पनि पहलपैरवी गर्दै आएको बताए ।
आन्तरिक रुपमा संस्थगत विकास, सुशासन एवं क्षमता अभिवृद्धि गर्दै अझ गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको र बचत ऋण अभियानलाई व्यवस्थित एवं समयसापेक्ष बनाउन अनुकूल नीतिगत व्यवस्थाका लागि राज्यसँग पहल गर्नु आवश्यक रहेको उनको भनाइ छ । सहकारीमार्फत उत्पादन, वितरण र उपभोगलाई जोड दिइ आर्थिक रुपमा सबल मुलुक बनाउन संस्था लाग्नुपर्नेमा उनले जोड दिए।
संस्थाले आफ्नै घरजग्गा खरिद गर्ने, हरेक ३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने, अनुगमन तथा एकिकरणलाई प्राथमिकता दिने, संस्था प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने भएको छ । त्यसैगरी सदस्यहरुलाई आवश्यकता तालिम प्रदान गर्ने, महिलाद्वारा सञ्चालित ब्यबसायलाई बिनाधितो लघुकर्जा प्रदान गर्ने, निष्क्रिय रहेका सदस्यहरुलाई सक्रिय बनाउन पहल गर्ने भएको छ ।
सभामा कोषाध्यक्ष तेजकुमारी गुरुङले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मिनु बस्नेतले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाले उत्कृष्ट नियमित बचत कर्ता ,उत्कृष्ट कारोबार कर्ता ,जेष्ठ नागरिक ,उत्कृष्ट कर्मचारी ,पूर्ब संचालक समितिलाई सम्मान गरिएको थियोे ।
संस्थाका बरिष्ठ उपाध्यक्ष धनराज आचार्यले स्वागत र सचिव मदनप्रसादले कार्यक्रम सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







