पोखरा उद्योग वाणिज्य संघको मत गणना आज (आइतबार) देखि हुने भएको छ।
विहाान ८ बजेदेखि संघको सभाहलमा मत गणना हुने बताइएको छ।
शनिबार भएको मतदानमा ८१ प्रतिशत मत खसेको निर्वाचन संयोजक एवं संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले बताएका छन्। कूल ३ हजार १ ४३ मतदाता रहेको संघको मतदान शनिबार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म चलेको थियो।
संघको नयाँ नेतृत्वका लागि पवन प्रजापति र अर्जुन पोखरेलको प्यानल चुनावी प्रतिष्पर्धामा छन्। प्यानलबाहेक स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवारी दिनेमा वाणिज्य उपाध्यक्षमा सोभित पौडेल, महासचिवमा तारानाथ ढुंगाना छन्।
२०११ सालमा स्थापना भएको संघमा हाल २९ सदस्यीय कार्यसमितिमा रहने व्यवस्था छ। अध्यक्षसहित ७ जना पदाधिकारी, सदस्य (खुला) १०, वस्तुगतमा ४, कर्पोरेटमा २ र उद्योग १ गरी २५ सदस्य निर्वाचित हुनेछन्। अध्यक्षलाई ४ जना सदस्य मनोनयन गर्ने अधिकार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







