कोन सामुदायिक बचत तथा ऋण सहकारीको २४ औं साधारण सभा


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका–१३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन गर्दै वडा नं १३ का वडा अध्यक्ष किरण वरालले सहकारीलाई जनतामाझ घुलमिल गराउन प्रदेश सरकारको सहयोग जरुरी रहेको औंल्याए। उनले कोन सहकारीमा महिला सदस्य बढी भएकै कारण सहकारी राम्रो भएको प्रशंसा गरे। म्हानगरको वडा नं १३ सदैव कोनसँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको अध्यक्ष बताए।

कोन सामुदायिक बचत तथा ऋण सहकारीका निर्वतमान अध्यक्ष तथा मानार्थ संरक्षक शरदकान्त सिग्देलले अधिवेशनवाट सदस्यहरुलाइ आफ्नो जिज्ञासा राख्न सजिलो वातवरण बन्ने बताए.। शेयर सदस्यहरुको सक्रियता सहभागिताले सहकारीको योजना अगाडि बढाउन सजिलो हुने मानार्थ संरक्षक सिग्देलले वताए ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थवहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितिका सचिव शान्तकुमार श्रेष्ठ, कोषाध्यक्ष जयप्रसाद सापकोटा, सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देल, सल्लाहकार अनुज सिग्देल, सहकारीका महाप्रवन्धक सुजता हमाल, शेयर सदस्यको तर्फवाट डिल्लीप्रसाद शर्मा, महिला शेयर सदस्य सावित्री पौडेल वराललगायतले वोलेका थिए।

सहकारीका संचालक समितिकी सदस्य जसुदा गुरुङले सहकारी सात सिद्धान्त वाचन गरेको कार्यक्रममा सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देलले स्वागत र सचिव शान्तकुमार श्रेष्ठले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।